काठमाडौं – झण्डै एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगदोस्रो पटक भेटवार्ता गरेका छन् ।
अमेरिका भ्रमणका क्रममाभारतीय प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचभेटवार्ता भएको हो । यसअघि प्रधानमन्त्री मोदीले गत अगस्ट २३ मा युक्रेनको भ्रमणगरेका थिए ।
युक्रेनमा जारी युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रियसमुदायले भारतीय भूमिकाको अपेक्षा गरिरहेका बेला पछिल्लोभेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुबै नेताले द्विपक्षीय सहकार्य अभिवृद्धि गर्नसहमती जनाएको भारतीय समाचार संस्था एएनआईलेजनाएको छ ।
चारपक्षीय सुरक्षा संवाद क्वाडको सम्मेलनमासहभागी हुन प्रधानमन्त्री मोदी अमेरिका पुगेका हुन् भने संयुक्तराष्ट्रसंघीय महासभामा सहभागी हुन राष्ट्रपति जेलेन्स्कीअमेरिकामा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।