आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

३१ बर्षपछि कुलेखानी ड्याम भरियो

३१ बर्षपछि कुलेखानी ड्याम भरियो

  • मिडिया डबली
  • शनिवार, आश्विन १२ २०८१

  • 621
    SHARES

  • ३१ बर्षपछि कुलेखानी ड्याम भरियो

    काठमाडौँ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ । 

    कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । 

    नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो ।  गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटरमात्र पानी संकलन भएको थियो ।

    कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रबार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो । कुलेखानी जलाशयमा एक हजार ४८३ मिटर पानीको सतह अन्तिम विन्दु हो ।

    एक हजार ४८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत् उत्पादन गर्न सकिँदैन । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १२ २०८१०८:४१:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend