आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के के भने ?

हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के के भने ?

  • मिडिया डबली
  • शनिवार, आश्विन १२ २०८१

  • 978
    SHARES

  • हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के के भने ?

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन पुगेका प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

    ओलीले सम्बोधनका क्रममा हालै संसदद्वारा पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी  प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने बताएका छन् ।

    दुई ठूला दलको सहभागितामा आफ्नो नेतृत्वको सरकार बनेपछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसँग सम्बन्धित विधेयक संसद्‌द्वारा लगभग सर्वसहमतिका आधारमा पारित भएको बताउँदै प्रधानमन्त्री ओलीले विगतमा गठन भएका आयोगले गर्न बाँकी रहेका कामहरू अबका दिनमा अगाडि बढ्ने जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका विषयमा आफ्नो धारणा राखेका थिए ।
    उनले भने- 'जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू व्यवस्थापन गर्ने स्रोत र प्रविधि नभएकाले अति कम विकसित देशहरू सबैभन्दा बढी पीडित छन् ।

    हामीले आर्थिक विकासका लागि प्रारम्भिक कदमहरू चाल्न थालेका छौं, तर विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको समस्याले विपद्का घटनाहरू बढ्दै गएको छ । यो हाम्रो सिमानाबाट टाढा बाहिरी संसारबाट हामीकहाँ आएको हो । जीवाश्म इन्धन जलाउने सयौं वर्षको संचयी प्रभावले ठूलो मात्रामा यी विनाशकारी समस्याहरू सिर्जना गरेको छ ।'

    कार्यक्रममा विद्यार्थीहरूले प्रधानमन्त्री ओलीसँग राखेका प्रश्नहरूमा उहाँले जवाफ दिँदै नेपालका युवाहरू सधैँ विदेश मात्रै जान्छन् र नेपालको अर्थतन्त्र विप्रेषणका आधारमा मात्रै चल्छ भन्ने तथ्य सही नभएको बताउँदै स्वदेश फर्कने युवाको सङ्ख्यालाई पनि हेर्न आग्रह गरेका थिए । उनले स्वदेशमा युवाहरूलाई रोजगारी र उद्यमशीलता वृद्धि गर्न ‘स्टार्ट अप’जस्ता कार्यक्रम अघि सारिएको पनि जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १२ २०८१०८:३७:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend