सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतको४७ करोड अनुदानमा बन्ने विकास परियोजनाका समझदारी पत्रमा हस्ताक्षर

भारतको४७ करोड अनुदानमा बन्ने विकास परियोजनाका समझदारी पत्रमा हस्ताक्षर

  • मिडिया डबली
  • शनिवार, आश्विन १२ २०८१

  • 966
    SHARES

  • भारतको४७ करोड अनुदानमा बन्ने विकास परियोजनाका समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं- भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    भारत सरकारको अनुमानित लागत ४७ करोड ४ लाख अनुदान सहायता रकमबाट नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउन सम्झौता भएको हो ।

    भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    परियोजना अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन, ओखलढुङ्गाकै मानेभञ्ज्याङ गाउँपालिकास्थित स्वर्णन्तरल आधारभूत विद्यालयको भवन, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन, दैलेखको दुल्लू नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन, सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको भवन रहेका छन् ।

    8619c6c0-1685-4471-8091-5452475c7764.jpegयस्तै मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको भवन, चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालय भवन,सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु–हुलु खानेपानी आयोजनाको निर्माण,सुनसरीको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको भवन, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्धन केन्द्रको भवन , धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी–प्रसुति केन्द्रको निर्माण र दाङको तुलसीपुर उप–महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण छन् । यी परियोजनाहरू नेपाल सरकारका स्थानीय तह (महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका) मार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जानकारी गराएको छ ।

    परियोजनाहरूको निर्माणले स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरु उपलब्ध गराउन मद्दत गर्ने छ । सन् २००३ यता भारतले नेपालमा शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएका १२ वटा परियोजनासहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ र भुँइतहमा नेपालका सातवटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेनिङ्ग, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता क्षेत्रमा ४९० वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । बाँकी अन्य परियोजना विभिन्न चरणमा सञ्चालित हुनेछन् । नजिकको छिमेकीका रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको दूतावासले जनाएको छ ।

    उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तार गर्दै नेपालले चालेका प्रयासमा भारत हातेमालो गर्न तयार रहेको यसले थप बलियो बनाएको दूतावासले भनेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १२ २०८१०३:४५:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend