सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

  • मिडिया डबली
  • मंगलवार, आश्विन ८ २०८१

  • 1.5K
    SHARES

  • एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् ।

    २०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक  कार्यालयका अनुसार पुरक परीक्षामा ननग्रेड  र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ । 

    नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना रहेका छन् । जीत्यस्तै पीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना छन् भने जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन्। 

    लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह् सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ। 

    यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ ।

    २०८० मा  सञ्चालित एसईईको नियमित परीक्षामा पनि  ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएपछि सरकारले सबै अनुतिर्ण विद्यार्थीलाई पुरक परीक्षा दिने अवसर दिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ८ २०८१०७:५३:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend