सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पोखरामा भ्रष्टाचारविरुद्ध ठूलो विरोध प्रदर्शन

पोखरामा भ्रष्टाचारविरुद्ध ठूलो विरोध प्रदर्शन

  • मिडिया डबली
  • आइतवार, आश्विन ६ २०८१

  • 1.5K
    SHARES

  • पोखरामा भ्रष्टाचारविरुद्ध ठूलो विरोध प्रदर्शन

    पोखरा, २०८१ असोज ६ – पोखरामा भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन आज सम्पन्न भएको छ।

    राष्ट्रिय एकता अभियान, पोखराको आयोजनामा जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि (सहिद चोक) मा आयोजित धर्नामा १५० भन्दा बढी सहभागीले विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र नागरिक उड्यन प्राधिकरणका भ्रष्ट्र महानिर्देशकलाई बर्खास्त गर्न माग गरे।

    IMG_7966.jpegधर्नाको नेतृत्व जिल्ला संयोजक टिका छिरिंगले गरेका थिए भने केन्द्रीय सदस्य ध्रुव चालीसे, केन्द्रीय अध्यक्ष विनय यादव, र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले "पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपले संचालन गर", "विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानवीन गर", "नागरिक उड्यन प्राधिकरणका असफल तथा भ्रष्ट्र महानिर्देशकलाई भर्खास्त गर", "चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर" लगायतका नारासहित प्लेकार्ड बोक्दै नारा जुलुस गरेका थिए। प्रदर्शनकारीहरूले पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्ण संचालन र निर्माणमा भएको प्राविधिक त्रुटिको समाधान गर्न जोडदार माग राखेका छन्।

    साथै, विमानस्थलको निर्माणमा लागेको चर्को ब्याजदरको ऋणलाई अनुदानमा परिणत गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्। उक्त धर्ना कार्यक्रममा पोखराका नागरिकहरूले भ्रष्टाचारविरुद्धको आवाजलाई बलियो बनाउँदै, विमानस्थल सञ्चालन र भ्रष्टाचारको छानवीनमा तत्काल कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ६ २०८१०२:२४:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend