धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए ।
छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो ।
बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता भने हटेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।