काठमाडौँ । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् ।
मोदी- बाइडेन भेटमा अमेरिकाले अमेरिकामा रहेका भारतका २९७ बहुमूल्य पुरातात्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेको बताइएको छ । यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।
यो जानकारी प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेका छन् । अमेरिकी राष्ट्रपतिसँगको तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘सांस्कृतिक सम्बन्ध र सांस्कृतिक सम्पदाको अवैध तस्करीविरुद्धको लडाइलाई बलियो बनाइँदैछ ।
'भारतमा २९७ अमूल्य पुरातात्विक वस्तुहरू फिर्ता सुनिश्चित गरेकोमा म राष्ट्रपति बाइडेनप्रति धेरै आभारी छु ।'
यी प्राचीन वस्तुहरू ४००० वर्षसम्म पुराना छन् र २००० ईसा पूर्व देखि १९०० ईस्वी सम्म भारतका विभिन्न क्षेत्रहरूसँग सम्बन्धित छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।