काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३० लाखभन्दा धेरै परिवार प्रधानमन्त्री सूर्यघर योजनाका लागि आवेदन दिएको बताएका छन् ।
गुजरातको गान्धीनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले यस्तो जानकारी दिएका हुन् । कार्यक्रममा उनले यस योजनाअनुसार हालसम्म ३ लाख ७५ हजार घरमा सौर्य ऊर्जा जोडिएको समेत उल्लेख गरे ।
भारतीय समाचार संस्था एएनआईका अनुसार यो योजनाअन्तर्गत घरमा जडान गरिने सौर्य पाताबाट उत्पादित ऊर्जा सोही परिवारले उपभोग गर्नेमात्रै नभइ बाँकी बचेको विद्युत् प्रसारण लाइनमा पनि आपूर्ति गरिन्छ ।
यसरी बाँकी भएको विद्युत् प्रसारण लाइनमा आपूर्ति गर्ने परिवारलाई सरकारले उल्टै पैसा समेत दिने गरेको छ । प्रधानमन्त्री मोदीका अनुसार मासिक २५० युनिट विद्युत खपत गरी १ सय युनिट विद्युत् प्रसारण लाइनमा बिक्री गर्ने परिवारले वार्षिक २५ हजार रुपैयाँ बचत गर्न सक्छन् ।
प्रधानमन्त्री मोदीका अनुसार यो योजना लागू भएको खण्डमा २० लाखभन्दा धेरै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । यो योजनाले भारतका हरेक घरलाई विद्युत् उत्पादकका रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।