आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनमा ताइवानी नागरिकलाई जेल सजाय

चीनमा ताइवानी नागरिकलाई जेल सजाय

  • मिडिया डबली
  • बुधवार, आश्विन २ २०८१

  • 702
    SHARES

  • चीनमा ताइवानी नागरिकलाई जेल सजाय

    काठमाडौँ– चीनमा एक जना ताइवानी राजनीतिक अभियन्तालाई पृथकतावादी गतिविधि गरेको भन्दै ९ वर्षको जेल सजाय सुनाइएको छ ।

    चीनको वेनझोउमा रहेको अदालतले ताइवानी अभियन्ता याङ चि युवानलाई यस्तो सजाय दिएको ताइवानको मुख्यभूमि मामिला परिषदले जनाएको छ ।

    यस्तो सजाय सुनाइएसँगै ताइवानले आफ्ना नागरिकलाई चीनको भ्रमण गर्दा जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । परिषदकी उपमन्त्री लियाङ वेन चीले ताइवानका जनतालाई डर देखाउनका लागि चीनको कम्युनिष्ट पार्टीले यस्तो सजाय सुनाएको उल्लेख गरेका छन् ।

    परिषदका अनुसार पृथकतावादको आरोपमा ताइवानी नागरिकलाई जेल सजाय सुनाइएको यो पहिलो घटना हो । हालैका वर्षहरूमा चीनले सिन्जियाङ प्रान्तका उइग्युर मुसलमान समुदायका व्यक्तिविरुद्ध यस्तो अभियोग चलाउँदै आएको थियो ।

    केही महिनाअघि लाई चिङ तेले ताइवानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता चीन र ताइवानबीच तिक्तता बढेर गएको ठानिन्छ । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ ।

    आवश्यक परे बल प्रयोग गरेर भएपनि ताइवानलाई गाभ्ने चीनको योजना छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २ २०८१०२:०२:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend