सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रौतहटमा दर्जनौं नेता कार्यकर्ता जसपामा प्रवेश

रौतहटमा दर्जनौं नेता कार्यकर्ता जसपामा प्रवेश

  • मिडिया डबली
  • मंगलवार, आश्विन १ २०८१

  • 456
    SHARES

  • रौतहटमा दर्जनौं नेता कार्यकर्ता जसपामा प्रवेश

    सञ्जय मिश्रा, रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

    जनता समाजवादी पार्टी रौतहटको  आयोजनामा  गरुडा नगरपालिका–५ महम्मदपुरस्थित गोपाल सेवा समिति धर्मशालामा पार्टीको विस्तारित बैठक एवं पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेकपा एकिकृत समावादी, नेकपा माओवादी लगायत दलबाट दर्जनौंको संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन् ।

    नवप्रवेशी मध्ये ठूलो संख्यामा विगतमा जसपा नेपाल छाडेर अन्य पार्टीमा गएकाहरु रहेका छन । बिभिन्न कारण देखाउँदै पार्टीबाट असन्तुस्ट भइ अन्य पार्टीमा गएका उनिहरु फेरी आफनै पुरानो घर जसपा नेपालमा फर्केका हुन । 

    माधवनारायण नगरपालिका–२ का पूर्व वडा अध्यक्ष हनुमान सहनी, वडा ६ का वडा अध्यक्षका प्रत्यासी हरिनारायण प्रसाद यादव, नेता चन्देश्वर साह तेली, दुर्गा भगवती गाउँपालिका–२ का वडा अध्यक्षका प्रत्यासी रमेश महतो, माधवनारायण नगरपालिका–३ का रामइश्वर यादव सहित दर्जनौं नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरीले पार्टीमा स्वागत गरेको जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् । 

    पार्टीको केन्द्रियको निर्णय अनुसार चार महिने जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत विभिन्न नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएर संगठन निर्माण र पार्टीलाई बलियो बनाउने अभियानमा जुटिसकेको युवा नेता राजकुमार दासले बताएका छन् ।

     कार्यक्रममा उपाध्यक्ष गोविन्द चौधरी,जसपा नेपालका केन्द्रिय सदस्य  एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव,पार्टीका केन्द्रिय कार्यकारीणी समिति सदस्य राम किशोर यादव, विश्वनाथ पटेल, मधेश प्रदेशकी रास्ट्रिय सभा सदस्य पुजा चौधरी, प्रदेश सांसद सोभा देवी साह, पार्टीका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पूर्व खानेपानी राज्य मन्त्री अब्बुल कलाम आजाद भन्ने शेख फुलबाबु, केन्द्रिय सदस्य किरण ठाकुर लगाएतको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १ २०८११२:३६:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend