आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतद्वारा भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण

भारतद्वारा भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण

  • मिडिया डबली
  • मंगलवार, आश्विन १ २०८१

  • 468
    SHARES

  • भारतद्वारा भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण

    काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. १.१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन भएको छ ।

    सोमबार भक्तपुर क्षेत्र नं २, प्रतिनिधि सभाका सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख श्रीमती सरिता तिमसिना भट्टराई र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले विद्यालयको भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, भक्तपुरमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।

    सांसद थापासहितका जनप्रतिनिधिले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले गर्दै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् । सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको थियो जुन सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नत भएको थियो ।

    यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० जना छन् जसमध्ये ४५ प्रतिशत छात्रा रहेका छन् ।

    श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयका विद्यार्थीलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुनेछ । साथै सिकाइको राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षाको विकासमा योगदान पुर्‍याउँनेछ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

    यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १ २०८११२:०९:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend