सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

  • मिडिया डबली
  • मंगलवार, आश्विन १ २०८१

  • 618
    SHARES

  • कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

    काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट डोटीका तीन जना गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग गरिएको छ।

    लामो समयदेखि जटिल रोगबाट पीडित रहेर आर्थिक अभावले उपचारमा कठिनाइ खेप्दै आएका शिखर नगरपालिका कपल्लेकीका कृष्ण नेगी, बडिकेदार गाउँपालिका बेरबाटाका खेमबहादुर बम र जोरायल गाउँपालिका गडसेराका बमबहादुर चोखालको पचारका लागि आर्थिक सहयोग गरिएको विष्टले बताए। 'उहाँहरूको अवस्थाले पिरोलिरहेको थियो।

    त्यसैले सहयोगका केही मनकारी दाता साथीसँग सहयोगका लागि अपिल गरेँ। उहाँहरूले सहयोग पनि गर्नु भयो। ३ लाख २० हजार संकलन भएकोमा तीनै जनालाई जनही १ लाख १ सय ४ रुपैयाँ उहाँहरूले उपलब्ध गराउनु भएको खातामा पठाइसकेको छु,' नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापतिसमेत रहेका विष्टले भने।

    यसका साथै लामो समयदेखि अपांगता जीवन  बिताइरहेका लालबहादुर कलेललाई २० हजार रुपैयाँ प्रदान गरेको उनको भनाइ छ। उनले उपचारका लागि सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गरेका छन्।

    'दान दिएर रित्तो कहिल्यै भइँदैन। सबैभन्दा ठूलो दान र धर्म नै मानवता तथा मानवीय सेवा हो। यही मानवीय धर्ममा हातेमालो गर्नुहुने सम्पूर्ण सहयोगी मनप्रति आभार। बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना,' उनले भने।

    पटक-पटक विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका विष्टले आगामी दिनमा पनि आफ्नो यस कर्मलाई जारी नै राख्ने बताएका छन्। विष्टले लामो समयदेखि समाजसेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्।

    २०७२ सालको भूकम्प, बाढीपहिरोका बेला सहयोग गर्दै आएका विष्टको पहलमा डोटीमा एम्बुलेन्ससमेत सञ्चालनमा छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १ २०८१११:४३:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend