काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल अहलीसँग १-१ गोलले बराबरीमा रोकिएको हो ।
अल नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो । उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगिएको थियो । त्यस्तै अल अहलीका लागि खेलको ५४औ मिनेटमा फ्र्यांक किस्सेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।
यो अल नासरको यस सिजनमा दोस्रो बराबरी हो । यो खेलपछि ३ खेलमा ५ अंक भएको छ । त्यस्तै अल अहलीको ३ खेलमा ४ अंक रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।