सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी वैध छ: मेटमणि चौधरी

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी वैध छ: मेटमणि चौधरी

  • मिडिया डबली
  • बिहिवार, भाद्र २७ २०८१

  • 2.0K
    SHARES

  • लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी वैध छ: मेटमणि चौधरी

    काठमाडौं, भदौ २६ – नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं सांसद मेटमणि चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबीलाई वैध ठहर गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको "जनता जान्न चाहन्छन्" कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरेर जनतालाई भ्रमित बनाएको आरोप लगाए।

    चौधरीले भने, "ओलीलगायतका नेताहरूले महाकाली सन्धिका बेला नदीको आधा हिस्सा भारतलाई सुम्पिसकेपछि अहिले चुच्चे नक्सा जारी गरेर विवादित क्षेत्रमाथि दाबी गर्नु गलत हो।" उनले यो नक्सा सार्वजनिक भएदेखि कूटनीतिक प्रयासहरू कमजोर रहेको र भारतसँग कुनै ठोस संवाद नभएको समेत औंल्याए।

    उनका अनुसार, महाकाली सन्धिपछि भारतले महाकाली नदीको आधा हिस्सा आफ्नो भएको दाबी गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई पनि आफ्नो नियन्त्रणमा राख्न खोजेको छ। "महाकाली सन्धिका बेला एमालेका नेताहरूले ठिकै गरेको ठाने, तर अहिले नक्सा जारी गरेर फेरि दाबी गरिरहेका छन्। भारतको दाबी जायज छ, किनभने एकपटक सहमति भएर बिक्री गरेको कुरा अहिले फिर्ता लिन मिल्दैन," चौधरीले थपे।

    चौधरीले एमालेलाई कोशी र गण्डकी नदीसमेत भारतलाई सुम्पिएको आरोप लगाउँदै, यस्ता कार्यहरूले दीर्घकालीन रूपमा राष्ट्रिय स्रोत र सम्पत्तिमा ठूलो असर पर्ने चेतावनी दिए। उनले नक्सा मात्र जारी गरेर यस्ता गम्भीर मुद्दाहरू समाधान गर्न नसकिने धारणा राखे।

    उनको यस भनाइले नेपाल र भारतबीचको विवादास्पद क्षेत्रमा पुनः बहसको ढोका खोलिदिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २७ २०८११२:१९:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend