सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल

  • मिडिया डबली
  • बुधवार, भाद्र २६ २०८१

  • 699
    SHARES

  • अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल

    काठमाडौं – नेपाल अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को १०१ औं सदस्य राष्ट्र बनेको छ । सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता हस्तान्तरण गरिएको हो ।

    यसअघि नेपालले गत जेठमा आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गरेको थियो । ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको बताइएको छ ।

    सन् २०१५ मा भारत र फ्रान्सले स्थापना गरेको हो । यो गठबन्धन सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो । १४ धारामा समेटिएको यस सम्झौताको संग्रहकर्ता भारत हो ।

    सम्झौताका पक्ष राष्ट्रले आईएसएमार्फत आफ्ना आवश्यकता अनुरुप सौर्य ऊर्जा उत्पादन सम्बन्धी कार्यक्रमहरुमा सहकार्य गर्ने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २६ २०८१०५:०८:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend