प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरका प्रमुख व्यापारिक नेताहरू र प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ)सँग भेटघाट गरी भारतको लगानी सम्भावना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने सुधारहरूबारे चर्चा गरेका छन्। उनले भारत र सिंगापुरबीच आर्थिक सम्बन्ध अझै कसरी गहिरो बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका थिए।
मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भने, "सिंगापुरका शीर्ष व्यापारिक नेताहरू र सीईओहरूसँग अन्तरक्रिया गरें। हामीले आर्थिक सम्बन्धलाई कसरी गहिरो बनाउने भनेर कुरा गर्यौं। मैले भारतमा भइरहेको सुधारहरूलाई पनि प्रस्तुत गरेँ, जसले लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ।"
प्रधानमन्त्री मोदीले बिहीबार सिंगापुरका वरिष्ठ मन्त्री गोह चोक टङसँग पनि भेट गरेका थिए। गोह चोक टङ सिंगापुरका पूर्व प्रधानमन्त्री समेत हुन्। 'एक्स' मा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले लेखे, "सिंगापुरका वरिष्ठ मन्त्री गोह चोक टङसँग भेट गरें।"
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।