सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पोखरा विमानस्थल र चिनियाँ ऋण: सांसद बजगाईंले सरकारको नीतिमाथि गम्भीर प्रश्न उठाए

पोखरा विमानस्थल र चिनियाँ ऋण: सांसद बजगाईंले सरकारको नीतिमाथि गम्भीर प्रश्न उठाए

  • मिडिया डबली
  • बुधवार, भाद्र २६ २०८१

  • 912
    SHARES

  • पोखरा विमानस्थल र चिनियाँ ऋण: सांसद बजगाईंले सरकारको नीतिमाथि गम्भीर प्रश्न उठाए

    काठमाडौं, भदौ २५ - नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आजको संसद् बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको चिनियाँ ऋण र यसको हालको सञ्चालन अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्।

    बजगाईंले सरकारको नीतिगत असफलताको कारण पोखरा विमानस्थल अझै अन्तर्राष्ट्रिय उडानविहीन रहेको र नेपाललाई चिनियाँ ऋणको भारीले थिचिरहेको बताएका छन्।

    "पोखरा विमानस्थलको लागि बर्सेनि १ अर्बभन्दा बढी चिनियाँ ऋण तिरिँदै छ, तर विमानस्थलमा अहिलेसम्म एकपटक पनि अन्तर्राष्ट्रिय उडान भएको छैन। यो सरकारको गैरजिम्मेवारीपनको परिणाम हो," बजगाईंले संसदलाई सम्बोधन गर्दै भने। उनले यस अवस्थाका कारण देशको अर्थतन्त्रमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै, अझै पनि सरकार अन्य परियोजनाहरूको लागि चिनियाँ ऋण लिने तयारीमा रहेकोप्रति असन्तुष्टि जनाए।

    बजगाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा भइरहेको १० घण्टाको उडान रोकलाई पनि आलोचना गरे। उनका अनुसार, यसले सरकारको नियतमा प्रश्न उठाउँछ, जहाँ विमानहरूलाई जबर्जस्ती भैरहवा र पोखरा विमानस्थलतर्फ मोड्न खोजिएको छ। "रनवे निर्माणका बेला ८ घण्टा मात्र उडान रोकियो, अहिले १० घण्टा किन? यो सरकारको नियत राम्रो छैन भन्ने देखाउँछ," उनले भने।

    सांसद बजगाईंले पोखरा र भैरहवा विमानस्थलको डिजाइन नै अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको र यी विमानस्थलहरूले नेपाललाई अन्तर्राष्ट्रिय कालोसूचीबाट बाहिर निकाल्न मद्दत नगरेको बताए।

    साथै, उनले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन पटक-पटक सरकारसँग अनुरोध गरिएको भए पनि सरकारले कुनै प्रतिक्रिया नदेखाएकोमा खेद प्रकट गरे।

    सांसद बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि पनि आलोचना गर्दै, मिडिया हाउसका महाप्रबन्धकलाई गिरफ्तार गराउने पार्टीले लोकतन्त्रको चासो देखाउनु दोहोरो चरित्रको उदाहरण भएको टिप्पणी गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २६ २०८१०४:२६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend