आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विश्व फुटबलमा रोनाल्डो र मेसीको 'इरा' सकिएको हो ?

विश्व फुटबलमा रोनाल्डो र मेसीको 'इरा' सकिएको हो ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २१ २०८१

  • 942
    SHARES

  • विश्व फुटबलमा रोनाल्डो र मेसीको 'इरा' सकिएको हो ?

    काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको इरा सकिएको विश्लेषण शुरु भएको छ । हालै विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अर अवार्डको मनोनयन सार्बजनिक हुदा सो सूचीमा रोनाल्डो र मेसीको नाम नभएपछि अब दुवैको २१ बर्ष लामो विश्व फुटबलमा दबदबा अन्त्य भएको विश्लेषण हुन थालेको हो ।  विश्व फुटबलका पछिल्ला २१ बर्षमा पहिलो पटक बेलुन डो अरको मनोनयनमा रोनाल्डो र मेसी छैनन् ।

    २००३ देखि यता पहिलो पटक रोनाल्डो र मेसी दुवै जना एकै पटक बेलुन डो अरको मनोनयनमा नपरेका हुन् । मेसीले अहिलेसम्म सबैभन्दा बढी ८ पटक बेलुन डो अर उपाधि जितेका छन् । मेसीले अघिल्लो बर्षनै अन्तिम पटक यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् ।

    रोनाल्डोले पछिल्लो पटक यो अवार्ड २०१७ मा जितेका थिए ।  गत बर्ष दुवैले पहिलो पटक युरोपियन फुटबलबाट बाहिरिएका थिए । २०२३ को जनवरीमा रोनाल्डो साउदी प्रो लिगमा गएका थिए भने २०२३ को जुनमा मेसी अमेरिकन लिग खेल्न इन्टर मियामी पुगे । अहिले साउदी प्रो लिगमा रोनाल्डो र अमेरिकन लिगमा मेसी रमाइरहेका  छन् ।

    रोनाल्डोले गत बर्ष ५० गोल गरे भने मेसीले इन्टर मियामीलाई अहिलेसम्मकै पहिलो लिग कप जिताए । ३९ बर्षिय रोनाल्डो अहिले पनि अल नासर र राष्ट्रिय टिम पोर्चुगलका लागि सक्रिय रुपमा खेलिरहेका छन् ।

    त्यस्तै मेसी भने इन्जुरिका कारण अर्जेन्टिनाको राष्ट्रिय टिमबाट अहिले बाहिर छन् ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २१ २०८१०७:३९:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend