काठमाडौँ । आज संसदका चार समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभाको अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभाको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
अर्थ समितिको विहान ११ बजे बस्ने बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै राज्य व्यवस्था समितिको बिहान ११ बजे नै बस्ने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै विधायन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ११ बजे बोलाइएको बैठकमा समितिको पाँचौं बार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।