पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन् ।
सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रमा मन्त्रिमन्डल हेरफेर गर्दा मनाङेलाई दिइएको थियो । यसअघि भौतिक योजना मन्त्रालय रहेका मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् ।
एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । यस अघि एमालेले मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो ।
तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए ।
मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफुलाई संकटमा साथ दिएको भन्दै काँग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।