आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनका १५ लडाकु विमान ताइवानको सीमा क्षेत्रमा घुसपैठ

चीनका १५ लडाकु विमान ताइवानको सीमा क्षेत्रमा घुसपैठ

  • मिडिया डबली
  • सोमवार, भाद्र १७ २०८१

  • 882
    SHARES

  • चीनका १५ लडाकु विमान ताइवानको सीमा क्षेत्रमा घुसपैठ

    काठमाडौँ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सेनाको लडाकु विमान र युद्धपोत आफ्नो सिमानामा घुमिरहेको बताएको छ ।

    ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म १८ वटा लडाकु विमान, आठ युद्धपोत र चिनियाँ सेनाका अन्य दुईवटा जहाज ताइवान सीमा नजिक रहेको जनाएको छ ।

    तीमध्ये १५ वटा विमानले ताइवानको सीमा नाघेर ताइवानको हवाई क्षेत्रको उल्लंघन गरेका थिए । चिनियाँ घुसपैठको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोतहरू तटीय सीमामा तैनाथ गरेको छ ।

    साथै, क्षेप्यास्त्र प्रणाली पनि तैनाथ गरिएको छ र स्थितिलाई नजिकबाट नियालिरहेको छ । जसका कारण दुई देशबीच तनाव बढेको छ । चिनियाँ सेनाले पछिल्ला महिनाहरूमा धेरै पटक ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास गरेको छ।

    सेप्टेम्बर २०२० पछि मात्र चीनले आफ्नो ग्रे जोन रणनीति प्रयोग गरिरहेको छ। यस अन्तर्गत चिनियाँ लडाकु विमान र युद्धपोतहरू ताइवानको सिमानामा घुमिरहेका छन् । ताइवानको आरोप- चीनको आक्रमण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि खतरा हो । 

    गत हप्ता पनि चीनले ताइवानको सीमामा घुसपैठ गरेको थियो, त्यसपछि ताइवानको विदेश मन्त्रालयले चीनको आलोचना गर्दै अरु देशको सार्वभौमसत्ता र क्षेत्रीय शान्तिको हनन गरेको आरोप लगाएको थियो । चीनका विमानहरूले हालै जापानको हवाई क्षेत्र पनि उल्लङ्घन गरेका छन् ।

    ताइवानले पूर्वी चीन सागरमा चीनले निरन्तर युद्धाभ्यास गरेर यथास्थिति परिवर्तन गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ । ताइवानले चीनको आक्रमण सम्पूर्ण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि ठूलो खतरा भएको बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १७ २०८१०३:३९:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend