सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गण्डकीमा सरकारमा गयो एमाले, मन्त्रीहरुले लिए शपथ

गण्डकीमा सरकारमा गयो एमाले, मन्त्रीहरुले लिए शपथ

  • मिडिया डबली
  • सोमवार, भाद्र १७ २०८१

  • 1.7K
    SHARES

  • गण्डकीमा सरकारमा गयो एमाले, मन्त्रीहरुले लिए शपथ

    पोखरा । गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ । सोमबार एमालेका चार मन्त्रीले मन्त्रीको शपथ लिएसँगै एमाले गण्डकी प्रदेशमा सरकारमा गएको हो ।

    गण्डकीमा कांग्रेसले मुख्यमन्त्री सहित ५ र एमालेले ४ मन्त्रालय लिएका छन् ।  यस अघि ७ मन्त्रालय रहेकोमा एमालेलाई सहभागी बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार मन्त्रलय फुटाएर ७ बाट ९ बनाएका थिए ।

    एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, कृष्ण पाठक स्वास्थ्य मन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गरेका छन् । 

    यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रीको जिम्मा दिइएको छ । मुख्यमन्त्री पाण्डेले मनाङे र फणिन्द्र देवकोटाले संकटको बेला सहयोग गरेको भन्दै कांग्रेसको कोटाबाटै मन्त्री कायम राखेका छन् ।

    कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा सो दलका डा. टकराज गुरुङले आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, फडिन्द्र देवकोटा जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १७ २०८१०३:१२:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend