काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा न्यूक्यासलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । न्युकासल युनाइटेडको जितमा हार्भे बर्नेज र अलेजन्डर इसकले एक एक गोल गरेका थिए ।
त्यस्तै टोटनह्यामका लागि एक गोल न्यूक्यासलका डान बर्नले आत्मघाती गोल गरेका थिए । यस सिजनमा यो न्यूक्यासलको दोस्रो जित हो । यो जितपछि न्यूक्यासलले ३ खेलमा ७ अंक हासिल गरेको छ ।
त्यस्तै टोटनह्यामको भने यस सिजनमा यो पहिलो हार हो । यो हारपछि टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।