सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

  • मिडिया डबली
  • आइतवार, भाद्र १६ २०८१

  • 1.2K
    SHARES

  • जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

    काठमाडौँ । जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४ हजार जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको थियो भने १३० जनाको शव झण्डै एक वर्षपछि भेटिएको छ । संयुक्त राष्ट्रसंघका

    अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्ध जनसंख्या रहेको छ । साथै एक्लोपन पनि गम्भीर समस्याको रुपमा आएको छ । जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्धवृद्धाहरूको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ ।

    राष्ट्रिय प्रहरी एजेन्सीको तथ्यांक अनुसार गत जनवरीदेखि जुन सम्मको तथ्यांक विश्लेषण गर्दा घरमा एक्लै बस्ने करिब ३७ हजार २२७ व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यी मध्ये ७० प्रतिशत व्यक्ति ६५ वा माथिका थिए । करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको छ भने करिब ३९३९ जनाको शव मृत्यु भएको एक महिनापछि भेटिएको छ । 

    जापानी सार्वजनिक टिभी नेटवर्क एनएचकेका अनुसार पुलिस एजेन्सीले यो तथ्याङ्क सरकारी समूहलाई दिनेछ जसले दाबी नगरिएको मृत्युको अनुसन्धान गरिरहेको छ ।

    यस वर्षको सुरुमा, जापानिज राष्ट्रिय जनसंख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले भनेको थियो, 'देशमा ६५ वर्ष र माथिका नागरिकहरूको संख्या २०५० सम्ममा १०.८ मिलियन पुग्न सक्छ ।'  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १६ २०८१०९:५४:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend