काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने रास्वपा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण प्रस्ताव राख्ने कार्यक्रम रहेको छ ।
यस बाहेक आजको बैठकमा संसदमा विभिन्न विधेयक पेस गर्ने तालिका रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।