आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जर्मनीका गोलकिपर नेउरको सन्यास

जर्मनीका गोलकिपर नेउरको सन्यास

  • मिडिया डबली
  • बिहिवार, भाद्र ६ २०८१

  • 858
    SHARES

  • जर्मनीका गोलकिपर नेउरको सन्यास

    काठमाडौँ । जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । युरोकपपछि सन्यास लिने नेउर जर्मनीको चौथो खेलाडी हुन् ।

    यसअघि अघिल्लो महिना सम्पन्न युरोकपपछि थोमस मुलर, टोनी क्रुज र इल्के गुण्डोगनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए । बुधबार एक भिडियो सन्देस जारी गर्दै नेउरले यो निर्णय गर्न आफुलाई निकै मुश्किल भएको बताउदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

    उनले २०२६ को फिफा विश्वकपका लागि आफु खेल्ने विचार गरेको भएपनि आफुले यो नै सहि समय भएको ठानेर सन्यास लिएको बताएका छन् । उनले अब आफु बायर्न म्युनिखका लागि केन्द्रित हुने बताएका छन् ।

    आफु २०२३ सम्म जर्मनीको कप्तानी गर्न पाएकोमा सम्मानित महसुस गरेको उनले बताए । नेउर जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए । ३८ बर्षिय नेउरले जर्मनीका लागि २००९ मा डेभ्यु गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ६ २०८१०६:४४:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend