आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ट्रम्पको सम्पत्ति कति छ ?

ट्रम्पको सम्पत्ति कति छ ?

  • मिडिया डबली
  • आइतवार, भाद्र २ २०८१

  • 855
    SHARES

  • ट्रम्पको सम्पत्ति कति छ ?

    काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति सार्वजनिक भएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार रहेका ट्रम्पले चुनावी प्रयोजनका लागि आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका हुन् । 

    ट्रम्पले सार्बजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग गल्फ कोर्सदेखि रियल इस्टेटका सम्पत्तिहरू रहेको देखिएको छ । जसमा एक मिलियन भन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी र साढे २ लाख डलर मूल्यको सुन रहेको छ ।

    ट्रम्पले दुई सय भन्दा बढी पृष्ठहरूमा आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका छन् ।  त्यस्तै ट्रम्पसँग एक मिलियन डलर र पाँच मिलियन डलरको बीचको इथरियमको स्वामित्व छ ।  त्यस्तै ट्रम्पको आफ्नै सोशल मिडिया प्लेटफर्म छ ।

    यसलाई ट्रुथ सोसियल भनिन्छ, जुन गत मार्चमा सार्वजनिक भएको थियो । उनीसँग ११४ मिलियन भन्दा बढी शेयरहरू छन्, जसको प्रति शेयर मुल्य २३ डलर रहेको छ । अर्थात् हालको शेयर मूल्य दुई अर्ब डलरभन्दा बढी छ ।

    यद्यपि, ट्रम्पले लकअप सम्झौताको कारण यी शेयरहरू बेच्न भने सक्दैनन् । त्यस्तै ट्रम्पले ग्रीनवुड बाइबलको बिक्रीबाट ३ लाख डलर, त्यस्तै लेटर्स टू ट्रम्प बेचेर ४.४ मिलियन डलर, ए मेगा जर्नी यात्राबाट ५ लाख डलर कमाएको उल्लेख छ । त्यस्तै उनले द आर्ट अफ द डिलसहित धेरै पुस्तकहरूबाट रोयल्टीहरू प्राप्त गर्न जारी राखेका छन् ।

    त्यस्तै ट्रम्पको न्यू जर्सीमा बेडमिन्स्टर गल्फ कोर्सले ३७ मिलियन डलर कमाएको छ भने फ्लोरिडामा रहेको उनको जुपिटर गल्फ कोर्सले ३१ मिलियन कमाएको उल्लेख छ । स्कटल्याण्डमा रहेको उनको टर्नबेरी गल्फ कोर्सले ३३.५ मिलियन डलर कमाएको रिपोर्टमा उल्लेख छ ।

    त्यस्तै उनको फ्लोरिडामा प्रमुख रिसोर्ट मार-ए-लागोले ५६ मिलियन डलरभन्दा बढी कमाएको बताएका छन् । त्यसैगरी ट्रम्पले स्क्रिन एक्टर्स गिल्डबाट बार्षिक ९० हजार डलर पेन्सन प्राप्त गर्दन् भने एमएफटी र आईएनटीबाट लाइसेन्स शुल्कमा ७.१५ मिलियन कमाएको उल्लेख छ । त्यस्तै उनकी श्रीमती मेलानिया ट्रम्पले एनएफटी बेचेर ३ लाख ३० हजार डलर कमाएकी छिन् ।

    यस बाहेक ट्रम्पले दुबईबाट ३० लाख डलर र ओमानबाट २० लाख डलर सहित विश्वभर लगानी गरेको उल्लेख छ । त्यस्तै ट्रम्पले आफ्नो विवरणमा ऋण रहेको समेत उल्लेख गरेका छन् । उनको जीन क्यारोललाई एक मिलियन देखि ५ मिलियन डलर र न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयमा  ५० मिलियनभन्दा बढी ऋणी छन् ।

    यी ऋणहरू कानुनी निर्णयहरू र व्यापार ठगी र यौन उत्पीडनका मुद्दाहरूसँग सम्बन्धित जारी अपीलहरूबाट उत्पन्न भएका ऋण रहेको उल्लेख छ ।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २ २०८११०:४५:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend