आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने !

आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने !

  • मिडिया डबली
  • आइतवार, भाद्र २ २०८१

  • 1.3K
    SHARES

  • आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने !

    काठमाडौँ । स्वीडेनले आफ्नै देशका नागरिकलाई देश छाड्न प्रस्ताव गरेको छ ।

    स्वीडेनका अध्यागमन मन्त्री मारिया मलमार स्टेनगार्डले प्रस्ताव प्रस्तुत गर्दै स्विडेनी संस्कृति मन नपराउने वा यहाँ आत्मसात गर्न नसकेकाहरूले स्विडेन छोड्न सक्ने बताएकी छन् ।

    युरोपेली वेबसाइट द नेशनलका अनुसार यसअघि यो नियम विदेशबाट आएर स्विडेनमा बसोबास गर्ने नागरिकका लागि लागु हुने छ ।

    जन्मजात नागरिकका हकमा पनि यो नियम लागू हुने गरि प्रस्ताव गरिएको भएपनि आफ्ना नागरिक प्रति सरकार उत्तरदायी नभएको सन्देश जाने डरले सो प्रस्ताव अस्वीकृत भएको बताइएको छ ।

    हालको नियमअनुसार स्विडेनी नागरिकले देश छोडेमा १० हजार स्विडेनी क्रोन । त्यस्तै बालबालिकाले देश छोड्दा ५ हजार स्विडेनी क्रोन पाउने भएका छन् । यसबाहेक भाडाको पैसा पनि पाउँछन् । उनीहरूले यो पैसा देश छोड्नु अघि एकै पटक प्राप्त गर्ने बताइएको छ ।

    अचम्मको कुरा के छ भने स्विडेनमा देश छाड्नेको संख्या बढ्दै गएपछि यो प्रस्ताव पारित भएको हो । स्वीडेनको माइग्रेसन एजेन्सीका अनुसार सन् २०२४ मा स्विडेन आउनेको संख्यामा कमी आएको छ । यो ५० वर्षमा पहिलो पटक भएको हो । स्विडेनमा देश छाड्नेको संख्या बढे पनि यहाँको जनसंख्या भने बढिरहेको छ । वास्तवमा, स्विडेनका मूल निवासीहरू अमेरिका जस्ता देशहरूमा घर खोजिरहेका छन् ।

    उही समयमा, स्वीडेन आप्रवासीहरूको लागि मनपर्ने गन्तव्य बनेको छ । स्वीडेनमा आप्रवासीको संख्या २० लाख नाघेको छ, जुन स्विडेनको कुल जनसंख्याको २० प्रतिशत हो। आप्रवासीहरूको बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न सरकारले धेरै प्रतिबन्धहरू लगाएको छ ।

    स्वीडेनमा सिरिया, सोमालिया, इरान र इराकबाट आउने मानिसहरूको ठूलो जनसंख्या छ । हालैका वर्षहरूमा स्वीडेनमा हिंसाका धेरै घटनाहरू रेकर्ड भएका छन् । प्रहरी तथ्याङ्क अनुसार स्वीडेनमा गत वर्ष कम्तीमा ३४८ गोलीबारी भएका थिए । जसमा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो । हिंसाका यी घटनाहरूलाई आप्रवासीहरूको बढ्दो जनसंख्यासँग जोडिएको छ ।

    स्विडेनले नब्बे दशकदेखि ठूलो संख्यामा आप्रवासीहरूलाई होस्ट गर्दै आएको छ, तर अक्टोबर २०२२ मा उल्फ क्रिस्टर्सन प्रधानमन्त्री भएदेखि देशको नीति परिवर्तन भएको छ । उनको सरकार गठबन्धनको सहयोगमा चलिरहेको छ ।

    यसलाई दक्षिणपन्थी स्वीडेन डेमोक्र्याटको पनि समर्थन छ । यो पार्टीले आप्रवासी विरोधीको नाममा राजनीति गर्छ । शरणार्थीले देशको संस्कृतिलाई मात्र नभई अर्थतन्त्रलाई पनि हानि पुर्याउने उनको विश्वास छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २ २०८११०:०७:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend