सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अन्ततः रास्वपा सांसदलाई सभामुखले बोल्न दिए, बिद्युत महशुलबारे रास्वपाले उठायो प्रश्न

अन्ततः रास्वपा सांसदलाई सभामुखले बोल्न दिए, बिद्युत महशुलबारे रास्वपाले उठायो प्रश्न

  • मिडिया डबली
  • मंगलवार, श्रावण २९ २०८१

  • 1.4K
    SHARES

  • अन्ततः रास्वपा सांसदलाई सभामुखले बोल्न दिए, बिद्युत महशुलबारे रास्वपाले उठायो प्रश्न

    काठमाडौं, २९ साउन - प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न दिएका छन् ।

    सभामुख घिमिरेले आकस्मिक समयमा एउटै बिषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिए पछि रास्वपाले उठेर बिरोध जनाएको थियो । त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो ।

    अन्ततः लामो रस्साकस्सी पछि सभामुख घिमिरेले सांसद ढकाललाई बोल्ने मौका दिएका थिए । ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले बिधुत महशुल बक्यौताका बारेमा धारणा राखेका थिए । ‘प्रधानमन्त्रीज्युले जसरी बिद्युत नकाटन भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै बिधुत महशुल उठाउन पनि निर्देशन दिनु परयो’ उनले भने । 

    बिद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सिमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २९ २०८१०२:०४:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend