आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शरणार्थी बक्सरलाई पेरिस ओलम्पिकमा पहिलो पटक ऐतिहासिक पदक

शरणार्थी बक्सरलाई पेरिस ओलम्पिकमा पहिलो पटक ऐतिहासिक पदक

  • मिडिया डबली
  • सोमवार, श्रावण २८ २०८१

  • 768
    SHARES

  • शरणार्थी बक्सरलाई पेरिस ओलम्पिकमा पहिलो पटक ऐतिहासिक पदक

    पेरिस, २८ साउन - आईओसी शरणार्थी ओलम्पिक टोली एथलीट सिन्डीले पेरिस ओलम्पिक २०२४ मा महिला ७५ केजीसमुहवाट बक्सिङमा कास्य पदक जितेकी छिन् । नगाम्बाको कांस्य पदक २०२४ मा टोली गठन भएदेखि शरणार्थी ओलम्पिक टोलीको लागि पहिलो ऐतिहासिक ओलम्पिक पदक भएको पेरिस ओलम्पिक सचिवालयले जनाएको छ । 

    नगाम्बाले उत्तर पेरिस एरिनामा क्यानाडाली मिडलवेट तामारा थिबल्ट लगायत अनुभवी विपक्षीहरू विरुद्ध कमाण्डिङ जीतको साथ आफ्नो पदक सुरक्षित गरेकी हुन् । थिबल्ट र उनका साथीहरूले ओलम्पिक चरणमा आफ्नो पहिलो बाउट जित्ने भावनाले अभिभूत भएका नगाम्बालाई अँगालेका थिए । यो क्षण सबैको आँखामा आँसु ल्याएको थियो।

    पदक जितेपछि न्गाम्बाले भनिन, ‘यहाँ आउनु मेरो लागि धेरै अर्थपूर्ण छ र म विश्वस्त छु कि यसले विश्वभरका मानिसहरुका लागि यति धेरै बाधाहरुसँग जीवन जिउने खेलाडीहरुका लागि पनि धेरै अर्थ राख्छ, तिनीहरू आफैंमा विश्वास गर्दैनन् र तिनीहरू सोच्छन् कि यो संसारको अन्त्य हो, हामीले यो होइन भनेर बुझुनु पर्छ ।’ सिन्डी नगाम्बा ओलम्पिक पदक जित्ने पहिलो शरणार्थी खेलाडी हुन् ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २८ २०८१०३:०७:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend