सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिहरू पक्राउ

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिहरू पक्राउ

  • मिडिया डबली
  • सोमवार, श्रावण २८ २०८१

  • 1.3K
    SHARES

  • ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिहरू पक्राउ

    काठमाडौं, २८ साउन - ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने संखुवासभा खादवारी नगरपालिका-५ भोटेबास घर भएका २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा रहेका छन् । 

    काठमाडौं महानगरपालिका-२५ उग्रतारा मन्दिर अगाडि रूकुम पूर्व सिस्ने गाउँपालिका-५ ठेगाना भएका २४ वर्षीय पुरूषलाई शुक्रबार राति खुकुरी प्रहार गरी घाइते बनाई वारदात पश्‍चात फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २८ २०८१०२:५४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend