काठमाडौँ- भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन्। विदेश मन्त्रालयको प्रस्तावलाई क्याबिनेटको नियुक्ति समितिले उनलाई विदेश सचिवमा नियुक्त गरेको हो ।
उनी यसअघि डेपुटी राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए उनलाई जुलाई १५ बाट उनले कार्यभार सम्हाल्ने बताइएको छ। अहिलेका विदेश सचिव विनयमोहन क्वात्राको कार्यकाल जुलाई १४ मा सकिँदै छ ।
क्वात्रा १९८९ मा भारतको विदेश सेवामा प्रवेश गरेका थिए। यता ५९ वर्षीय मिश्रीले तीनजना प्रधानमन्त्री इन्दरकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरिसको छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।