आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै, कसको कति सम्भाबना ?

टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै, कसको कति सम्भाबना ?

  • मिडिया डबली
  • शनिवार, आषाढ १६ २०८१

  • 5.2K
    SHARES

  • टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै, कसको कति सम्भाबना ?

    काठमाडौँ - जारी टी- २० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ ।

    बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

    भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले २००७ को टी- २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । 

    त्यस्तै दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यस अघि २०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।

    भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी-२० खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।

    भारतका लागि कप्तान रोहित शर्मा सबैभन्दा बढी सफल ब्याट्सम्यान देखिएका छन् । यस विश्वकपमा रोहितले ७ खेलमा ३ अर्धशतकसहित २४८ रन बनाएका छन् । त्यस्तै सूर्यकुमार यादवले ७ खेलमा २ अर्धशतकसहित १९६ रन बनाएका छन् भने ऋषव पन्तले ७ खेलमा १७१ रन बनाएका छन् । 

    त्यस्तै भारतका लागि अर्शदीप सिंह सर्बाधिक सफल बलर रहेका छन् । उनले यस विश्वकपका ७ खेलमा कुल १५ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सुचिमा दोस्रो स्थानमा छन् । त्यस्तै भारतका जसप्रित बुमराहले १३ कुलदीप यादवले १० विकेट लिएका छन् ।

    त्यसैगरी दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्वेंटन डिककले सर्बाधिक २०४ रन बनाएका छन् भने डेभिड मिलरले १४८ रन बनाएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरिक नोकियाले सर्बाधिक १३ विकेट लिएका छन् भने कागीसो रबाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन् ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ १६ २०८१०७:१७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend