आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केन्याको ऋण भार: चिनियाँ ऋण र आर्थिक संकटको गम्भीर जटिलता

केन्याको ऋण भार: चिनियाँ ऋण र आर्थिक संकटको गम्भीर जटिलता

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १५ २०८१

  • 3.6K
    SHARES

  • केन्याको ऋण भार: चिनियाँ ऋण र आर्थिक संकटको गम्भीर जटिलता

    केन्याको आर्थिक अवस्थालाई चिनियाँ ऋणले ठूलो प्रभाव पारेको छ। विशेषगरी बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत लिइएको ठूलो मात्रामा ऋणले देशको आर्थिक संकटलाई गहिरो बनाएको हो। यी ऋणहरु मुख्यतः ठूला पूर्वाधार परियोजनाहरुका लागि लिइएको हो, जसमध्ये मुख्य परियोजना स्ट्यान्डर्ड गेज रेलवे (एस जी आर) रहेको छ।

     किन भयो ऋणको समस्या ?

    चीनबाट लिएको ऋणको परिणाम स्वरूप केन्याको ऋण भार निकै बढेको छ। यो ऋण सेवा गर्न अत्यन्तै उच्च लागत लाग्ने भएकोले राष्ट्रिय बजेटमा गम्भीर असर परेको छ र देशको आर्थिक विकासका लागि आवश्यक स्रोतमा कमी आएको छ। मार्च २०२३ सम्ममा, केन्याको चीनसँगको द्विपक्षीय ऋण $६.३ अर्ब पुगेको छ, जुन देशको कुल बाह्य सार्वजनिक ऋणको १७ प्रतिशत रहेको छ ।

     विवादास्पद ऋण सम्झौता र पारदर्शिता 

    चीनसँगको ऋण सम्झौतामा पारदर्शिताको कमी र यससँग सम्बन्धित विभिन्न विवादहरूले केन्याको आर्थिक समस्यालाई अझ जटिल बनाएको छ।

    उदाहरणका लागि, केन्याले मोंबासा पोर्टलाई कलेटट्ररको रुपमा राखेर ऋण लिएको अफवाह फैलिएको थियो, यद्यपि अध्ययनहरूले यसलाई असत्य साबित गरेका छन्। एस जी आर परियोजनामा लिएको ऋणले केन्याको सम्पत्तिलाई सुरक्षित राख्ने प्रावधान समावेश गरेको छ, जसले राष्ट्रिय सम्पत्तिलाई जफत हुनबाट जोगाउँछ।

     आर्थिक संकट र आगामी चुनौतीहरू 

    हालका वर्षहरूमा, केन्याले चीनसँगको ऋण सेवा गर्न विभिन्न कठोर कदमहरु उठाउन बाध्य भएको छ। जसमध्ये आर्थिक मितव्ययिता उपायहरु, कर वृद्धी, र अन्य खर्च कटौती कार्यक्रमहरु छन्।

    यी उपायहरूले देशको आर्थिक संकटलाई केही हदसम्म समाधान गर्ने प्रयास गरे पनि, स्थानीय जनताको असन्तुष्टिलाई बढावा दिएको छ। आगामी समयमा, राष्ट्रपति विलियम रुटोको नेतृत्वमा रहेको नयाँ सरकारले चीनसँगको ऋण सम्झौता पुनःवार्ता गर्ने र आर्थिक पुनर्संरचना गर्ने योजना बनाएको छ।

    केन्याको आर्थिक समस्या जटिल छ र यसलाई समाधान गर्नका लागि दीर्घकालीन रणनीति आवश्यक छ। चीनसँगको ऋण मात्र यसको एक हिस्सा हो, तर यो समस्याको प्रमुख कारक हो।

    राष्ट्रिय आर्थिक स्थिरता कायम राख्न र विकासका लक्ष्यहरु हासिल गर्न, केन्याले पारदर्शिता, राम्रो शासन, र जिम्मेवार ऋण व्यवस्थापनको आवश्यकता रहेको छ। - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १३ २०८१०९:०६:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend