काठमाडौं । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ ।
परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ ।
शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशीत हुनेछ । त्यस्तै शनिबरा राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने ।
उम्मेदवारविरुद्ध दाबी बिरोध शनिबरा राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ । उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ । भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ ।
२२ असारमा मतदान हुने र सोही दिन रातीबाट मत गणना सुरु गर्ने कार्यतालिका छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।