पाकिस्तान- लोडसेडिङको विरोधमा चर्को पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन भएको छ । बारम्बार विद्युत आपूर्ति ठप्प हुँदा जनजीवन कष्टकर बनेको भन्दै खैबर पख्तुनख्वाका पेशावर, नौसेरा र मर्दानजस्ता सहरमा प्रदर्शनको आयोजना गरिएको हो ।
प्रदर्शनकारीले ग्राण्ड ट्रंक रोडमा चक्काजाम गर्दै सरकारविरोधी नाराबाजी गरेको भारतीय समाचार संस्था एएनआईले जानकारी दिएको छ। प्रदर्शनका कारण केही एम्बुलेन्स पनि बीच बाटैमा रोकिएका छन् ।
त्यसबाहेक प्रान्तका पूर्वमुख्यमन्त्री परभेज खट्टकको कार पनि प्रदर्शनकारीको निशानामा परेको एएनआईले उल्लेख गरेको छ । प्रदर्शनमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीले पनि ऐक्यबद्धता व्यक्त गरेको छ ।
प्रदर्शनमा व्यवसायी, विद्यार्थी, कानून व्यवसायी तथा आम सर्वसाधारणको सहभागिता रहेको बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।