काठमाडौं– पाकिस्तानमा बालविवाहका घटनाले भयानक रुप लिन थालेको छ। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार पाकिस्तानमा अझै १ करोड ९० लाख नाबालिका दुलहीहरु रहेको बताएको हो।
पाकिस्तानमा विवाह गर्ने बालिकाको उमेर १६ वर्ष तोकिएको भएतापनि यद्यपि सिन्ध प्रान्तमा यो उमेर १८ वर्ष रहेको छ । हालै मात्र खैबर पख्तुनख्वा प्रान्तमा एकजना १२ वर्षीया बालिकालाई ७२ वर्षे वृद्धसँग विवाह गराइदिन लागिएको घटना बाहिरिएको थियो ।
इस्लाम खबरका अनुसार परिवारले बाध्य बनाएर ७२ वर्षे वृद्धसँग विवाह गराउँदै गर्दा ती बालिकाको उद्धार गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।