सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

लमजुङमा मध्यराति पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

लमजुङमा मध्यराति पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

  • मिडिया डबली
  • बुधवार, आषाढ १३ २०८१

  • 2.9K
    SHARES

  • लमजुङमा मध्यराति पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता
    फाइल तस्वीर

    काठमाडौँ-  लमजुङमा पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएका छन्। क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएराति पहिरोले तीनवटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।

    पहिरोले रुद्रमणि गुरुङ र उनकी बुहारी पञ्चकुमारी गरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिए।

    ‘पहिरोमा पुरिएर रुद्रमणि, उनकी बुहारी पञ्चकुमारी, पञ्चकुमारीका २ छोरी इच्छा र नम्रता बेपत्ता छन्,’ इन्सपेक्टर चापागाइँले नेपालखबरसँग भने, ‘घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा खटिएको छ।’ ठूलो वर्षापछि गएराति झण्डै १ बजे घरमाथिबाट आएको पहिरोले तीनवटा घरगोठ पुरेको हो।

    गएराति नै बेँसिसह नगरपालिका–११ चिती स्याउतमा पहिरोमा परेर दुई जना घाइते भएका प्रहरीले जनाएको छ। पहिरो खसेको कारण लमजुङका बेँसीसहर–चाँमेसहितका सडक पनि अवरुद्ध भएका छन् भने त्यसैगरी गए राति नै ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ।

    पहिरोमा परेर दुई जना घाइते भएका छन्। चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर गोठ बगाउँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको हो।

    गएराति करिब २ बजे पहिरोले घर बगाउँदा घरमूली (मृतक महिलाका पति) ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका खत्री गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।  घटनास्थलबाट तीनवटा भैँसी र १४ वटा खसी बाख्राको जिवितै उद्धार गरिएको इन्सपेक्टर कार्कीले जानकारी दिएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १३ २०८१०९:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend