आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अस्ट्रियासँग नेदरल्याण्डस स्तब्ध

अस्ट्रियासँग नेदरल्याण्डस स्तब्ध

  • मिडिया डबली
  • बुधवार, आषाढ १३ २०८१

  • 1.0K
    SHARES

  • अस्ट्रियासँग नेदरल्याण्डस स्तब्ध

    काठमाडौँ - अस्ट्रियाले नेदरल्याण्डसमाथि जित हसुल गर्दै जारी युरोकपको नक आउट चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रियाले नेदरल्याण्डसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    अस्ट्रियाको जितमा रोमानो स्मिड र मार्सल सबिटाइजरले एक एक गोल गरेका थिए भने एक गोल नेदरल्याण्डसका डोनयल मालेनले आत्मघाती गोल गरेका थिए । त्यस्तै नेदरल्याण्डसका लागि कोडी गाक्पो र मेम्फिस डिपेले एक एक गोल गरेका थिए ।

    तस्तै समुह डी अन्तर्गत नै गएराती सम्पन्न अर्को खेलमा फ्रान्स र पोल्याण्ड गोल रहित बराबरी खेलेका छन् । बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।

    अब समुह डी बाट अस्ट्रिया ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने भने आउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    त्यस्तै ३ खेलमा एक बराबरी र २ खेलमा हर बेहोरेको पोल्याण्ड भने समुह चरणबाटै बाहिरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १३ २०८१०८:५७:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend