काठमाडौँ - भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमै रहने भएका छन् ।
उच्च अदालतले दिल्ली मदिरा घोटालामा मुछिएका केजरीवाललाई जमानतमा रिहा गर्न इन्कार गरेको हो । उच्चले घोटाला काण्डमा सही ढङ्गले बहस हुन नसकेको भन्दै जमानत दिन अस्वीकार गरेको हो । यसअघि तल्लो अदालतले भने उनलाई जमानत दिएको थियो । त्यसलगत्तै प्रवर्तन निर्देशालय (ईडी) ले उच्च अदालतमा रिट हालेको थियो ।
सोका आधारमा उच्च अदालतले तत्ललो अदालतको जमानत रद्द गर्दै तिहाड जेलमै पठाउन आदेश दिएको हो । उनलाई तल्लो अदालतले २० जुनमा जमानत दिएको भए पनि २१ जुनमा ईडीले उच्च अदालतमा निवेदन दिएको थियो ।
त्यसपछि केजरीवालको जमानत रोकिएको थियो । अब बुधबार सर्वोच्च अदालतमा केजरीवालको जमानतबारे फैसला हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।