आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि मोदी पहिलो विदेश भ्रमणमा इटाली जादै

तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि मोदी पहिलो विदेश भ्रमणमा इटाली जादै

  • मिडिया डबली
  • बिहिवार, जेठ ३१ २०८१

  • 1.1K
    SHARES

  • तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि मोदी पहिलो विदेश भ्रमणमा इटाली जादै

    तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन्।

    जी७ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी बिहीबार इटालीको अपुलिया जाने भएका हुन्। परराष्ट्र सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। उनले भने, ‘इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदी ५०औँ जी७ शिखर सम्मेलनमा भाग लिन भोलि इटालीको अपुलिया जानुहुनेछ।’

    उनले थपे, ‘यो शिखर सम्मेलन जुन १४ मा इटालीमा हुनेछ, जहाँ भारतलाई आउटरिच देशको रूपमा आमन्त्रित गरिएको छ।’ बीबीसी हिन्दीका अनुसार भारत जी७ को सदस्य होइन, तर आउटरिच देशका रूपमा निमन्त्रणा गरिएको हो। परराष्ट्र सचिवले भने, ‘तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ। यसले जी७ शिखर सम्मेलनमा उपस्थित अन्य विश्व नेताहरूसँग महत्त्वपूर्ण विषयमा छलफल गर्ने अवसर पनि दिनेछ।’

    यस शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जापानी राष्ट्रपति फुमियो किशिदा र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि सहभागी हुनेछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ३१ २०८१०८:०२:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend