सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गगन थापाबारे अफवाह फैलाउँदै सामाजिक सञ्जाल

गगन थापाबारे अफवाह फैलाउँदै सामाजिक सञ्जाल

  • मिडिया डबली
  • बुधवार, जेठ ३० २०८१

  • 3.4K
    SHARES

  • गगन थापाबारे अफवाह फैलाउँदै सामाजिक सञ्जाल

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको पाइएको छ ।

    सामाजिक सञ्जालमा थापामाथि उनी स्वास्थ्य मन्त्री हुँदा उपकरण खरिद तथा अन्य काममा करोडौँ रकम अनियमितता भएको भन्दै अख्तियारमा जाहेरी दर्ता भएको अफवाह फैलाइएको छ । गत जेठ २७ गते उजुरी दर्ता भएको भन्दै दर्ता नम्बरसमेत दिइएको छ ।

    तर अख्तियारले भने जेठ २७ गतेदेखि अहिलेसम्म गगन थापाविरुद्ध कुनै पनि उजुरी नपरेको जनाएको छ । गगन थापा त्यस्ता नेता हुन् जसले संसदमा पटक पटक २०४८ सालयता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न भनिरहेका छन् ।

    भ्रष्टाचारको विरोध गर्दै आइरहेका उनीमाथि दबाब बढाउन पनि यस्तो स्टाटस लेखिएको हुन सक्ने आँकलन गरिएको छ । पछिल्लो समय गगनसहित उनको पार्टीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राखेकै कारण छानबिन समिति बनेको छ भने गिरीबन्धु टि–स्टेट प्रकरणमा केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरिएको छ ।

    कानूनी झमेलामा पर्ने भएसँगै धेरैले अहिले धमाधम स्टाटस हटाउन थालेका छन् ।

    यस्तो छ सामाजिक सञ्जालमा फैलाइएको अफवाह–

    'तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालयको विभिन्न स्वास्थ्य उपकरण खरिद र अन्य काममा करोडौँ रकम अनियमितता गरेको भन्दै कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा जाहेरी दर्ता भएको छ। उजुरी दर्ता नं C-077580/2081-02/27.'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ३० २०८१०५:५८:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend