आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चिनियाँ रक्षामन्त्रीले अराजक अभिव्यक्ति दिएपछि ताइवानले गर्यो गम्भिर आपत्ति

चिनियाँ रक्षामन्त्रीले अराजक अभिव्यक्ति दिएपछि ताइवानले गर्यो गम्भिर आपत्ति

  • मिडिया डबली
  • बुधवार, जेठ ३० २०८१

  • 1.6K
    SHARES

  • चिनियाँ रक्षामन्त्रीले अराजक अभिव्यक्ति दिएपछि ताइवानले गर्यो गम्भिर आपत्ति

    काठमाडौं– चिनियाँ रक्षामन्त्री डोङ जुनले ‘उत्तेजक र आधारहीन’ अभिव्यक्ति दिएको भन्दै ताइवानले आपत्ति जनाएको छ ।

    मुख्यभूमि मामिलासम्बन्धी ताइवानी परिषद्ले ताइवानका बारेमा चिनियाँ रक्षामन्त्रीले उत्तेजक र आधारहीन अभिव्यक्ति दिएको जनाएको हो । रक्षामन्त्री डोङ जुनले सिंगापुरमा आयोजित शाङ्ग्री–ला सुरक्षा वार्तामा ‘ताइवानलाई चीनबाट अलग गर्न चाहने जो कसैको पनि विनाश हुने’ अभिव्यक्ति दिएका थिए ।

    रक्षामन्त्रीको यो भनाइले संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन गर्ने र एसिया प्रशान्त क्षेत्रको शान्ति र सुरक्षामा असर पार्ने ताइवानको मुख्यभूमि मामिला परिषद्ले उल्लेख गरेको छ ।

    भारतीय समाचार संस्था एएनआईका अनुसार चिनियाँ रक्षामन्त्रीको उक्त अभिव्यक्तिबाट राष्ट्रसंघको धारा २ को अनुच्छेद ४ उल्लङ्घन भएको परिषद्ले जनाएको छ । उक्त धारामा सदस्य राष्ट्रलाई शक्तिको प्रयोग गर्न वा धम्की दिन बन्देज लगाइएको छ । ‘चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीले यस्तो किसिमको उत्तेजक र आधारहीन अभिव्यक्ति दिनु निकै दुर्भाग्यपूर्ण छ’, परिषद्ले भनेको छ ।

    स्वायत्त शासन चलाउँदै आएको ताइवानलाई कम्युनिष्ट शासन रहेको चीनले आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर भएपनि मुख्यभूमिमा गाभ्ने चेतावनी दिँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ३० २०८१११:००:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend