काठमाडौँ । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने भएका छन् ।
भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदी सेना प्रमुख हुने जनाएको छ ।
लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ । हाल उपसेना प्रधानसेनापति पदमा कार्यरत रथी मनोज पाण्डे असार ३० गते अवकाश लिँदैछन् ।
वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो । गत महिना सरकारले महारथी मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ गते अवकाश लिने कार्यक्रम रहेकोमा ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो ।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी नेपाली सेनाको उपप्रमुखमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।