सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई प्रभु साहको सुझाव

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई प्रभु साहको सुझाव

  • मिडिया डबली
  • मंगलवार, जेठ २९ २०८१

  • 2.3K
    SHARES

  • नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई प्रभु साहको सुझाव

    काठमाडौं । पूर्व मन्त्री आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।

    देशका युवालाई यदी नेपालमै रोजगार दिन सकिदैन भने कुर्सीमा बस्ने अधिकार नभएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका हुन्। मंगलवार  प्रतिनिधिसभाको बसेको बैठकमा आर्थिक बर्ष २०८१/०८२को बजेटमा आफ्नो सुझाव राख्दै नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएका लाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने बिषय बजेटमा समावेश नगरिएको उनले टिप्पणी गरेका छन् । 

    ‘रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवद्र्धन गर्न सकिदैन् ? विदेशमा रोजगार प्रवद्र्धन गर्ने तर नेपालमा रोजगार प्रवद्र्धन गर्नै नहुने ? गृहमन्त्री लामिछानेलाई संकेत गर्दै साहले भने, ‘तपाईहरुले त भन्नुभएको थियो । लाखौं नेपालीलाई नेपाल ल्याउँछु, फर्काउछु । कार्यक्रममा त देखिएन् ।
    लाखौं नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यति बेला । यदी तपाईले रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले त्यहाँ बस्न मिल्दैन् । संविधानले त्यही भन्छ । यदी रोजगार दिनसक्नुहुन्न भने बेरोजगारलाई बेरोजगारी भत्ता दिनुस् । ति बेरोजगारहरु पनि बाँच्न पाउँनुपर्छ । यसमा सरकारको गम्भिरता देखिएन्’ यस्तै नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठुलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरुको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए । 

    ‘ठुल्लाबडाको घरमा काम गर्नेहरु (घरेलु कामदार) पनि नेपाली नै हुन् । उसले पनि यो संविधानमा, यो राज्यमा आफ्नो हक राख्छ । तर उनीहरुसंग किन विभेद गरियो ? राज्यको जागिर गर्ने सरकारी कर्मचारीको जागिर स्थायी हुनुपर्ने । फ्याक्ट्र, उधोगमा काम गर्नेको हकअधिकार सुरक्षित हुनुपर्ने । ट्रेड युयिनयनको अधिकार पाउँनुपर्ने’ साहले भने, ‘तर ठुल्लाबडाको घरमा काम गर्नेहरु विश्वासको आधारमा काम गर्नुपर्ने ? जिवन अन्योल र अनिश्चितताको बाँच्नुपर्ने ? निगाहको जिवन बाँच्नुपर्ने ? त्यसमा हामीले सामनता ल्याउँनु हुदैन् ? अहिलेको बजेटमा अपेक्षा गरेका थियौं की तिनीहरुको हकअधिकार सुनिश्चित हुने उनीहरु पनि सम्मानका साथ काम गर्न पाउँने किसिमको हुनुपर्ने तर त्यो देखिएन् । हामी चाहन्छौ घरेलु कामदार सम्बन्धी ठोस कानून ल्याउँनुस् । उनीहरुको भविष्यको ग्यारेनटी गर्नुस् ।’

    यस्तै शिक्षामा असमानता र सम्प्रदायिक रहेको भन्दै उनले नेपालमा गुणस्तरीय शिक्षाको व्यवस्था हुनुपर्ने माग गरे । त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र र भ्रष्टाचार गर्ने अखडा बनेको टिप्पणी साहले गरेका छन् । साहले नेपालको विश्वविद्यालय विहारभन्दा नि गएगुज्रेको भईसकेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए । 

    सम्प्रदायिक सोचबाट माथि उठन जरुरी छ । यो त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र भएको छ । राजनीतिक पार्टीको भागबण्डाको सिकार भएको छ । भ्रष्टाचारको अडा बनेका छन्’ साहले प्रश्न गरे, ‘हरेक पालिकामा उच्च शिक्षा चाहिदैन ? कम्तिमा जिल्लामा त आंगिक कलेज दिनुस् । विश्वविद्यालयहरुको स्तर उठाउनुस् । हामी कुनै बेला सुन्थ्यौं बिहारको शिक्षा खराब छ तर अहिले नेपालको विश्वविद्यालयहरु त्यो भन्दा पनि गएगुज्रेको भयो । मान्छेहरुले यहाँ भविष्य देख्नै छोड्यो । विदेश पलाय बढिरहेको छ त्यसलाई रोक्ने गरी बजेट आउँनुपर्थ्यो ।’

    यस्तै साहले किसानका तराई मधेसमा कोल्ड स्टोर निर्माण हुने गरी बजेट आउँनुपर्नेमा त्यस्तो नभएको टिप्पणी गरेका छन् । ‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्’ साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’

    ‘रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवद्र्धन गर्न सकिदैन् ? विदेशमा रोजगार प्रवद्र्धन गर्ने तर नेपालमा रोजगार प्रवद्र्धन गर्नै नहुने ? गृहमन्त्री लामिछानेलाई संकेत गर्दै साहले भने, ‘तपाईहरुले त भन्नुभएको थियो । लाखौं नेपालीलाई नेपाल ल्याउँछु, फर्काउछु । कार्यक्रममा त देखिएन् ।
    लाखौं नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यति बेला । यदी तपाईले रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले त्यहाँ बस्न मिल्दैन् । संविधानले त्यही भन्छ । यदी रोजगार दिनसक्नुहुन्न भने बेरोजगारलाई बेरोजगारी भत्ता दिनुस् । ति बेरोजगारहरु पनि बाँच्न पाउँनुपर्छ । यसमा सरकारको गम्भिरता देखिएन्’ 

    यस्तै नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठुलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरुको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए । 

    ‘ठुल्लाबडाको घरमा काम गर्नेहरु (घरेलु कामदार) पनि नेपाली नै हुन् । उसले पनि यो संविधानमा, यो राज्यमा आफ्नो हक राख्छ । तर उनीहरुसंग किन विभेद गरियो ? राज्यको जागिर गर्ने सरकारी कर्मचारीको जागिर स्थायी हुनुपर्ने । फ्याक्ट्र, उधोगमा काम गर्नेको हकअधिकार सुरक्षित हुनुपर्ने । ट्रेड युयिनयनको अधिकार पाउँनुपर्ने’ साहले भने, ‘तर ठुल्लाबडाको घरमा काम गर्नेहरु विश्वासको आधारमा काम गर्नुपर्ने ? जिवन अन्योल र अनिश्चितताको बाँच्नुपर्ने ? निगाहको जिवन बाँच्नुपर्ने ? त्यसमा हामीले सामनता ल्याउँनु हुदैन् ? अहिलेको बजेटमा अपेक्षा गरेका थियौं की तिनीहरुको हकअधिकार सुनिश्चित हुने उनीहरु पनि सम्मानका साथ काम गर्न पाउँने किसिमको हुनुपर्ने तर त्यो देखिएन् । हामी चाहन्छौ घरेलु कामदार सम्बन्धी ठोस कानून ल्याउँनुस् । उनीहरुको भविष्यको ग्यारेनटी गर्नुस् ।’

    यस्तै शिक्षामा असमानता र सम्प्रदायिक रहेको भन्दै उनले नेपालमा गुणस्तरीय शिक्षाको व्यवस्था हुनुपर्ने माग गरे ।

    त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र र भ्रष्टाचार गर्ने अखडा बनेको टिप्पणी साहले गरेका छन् । साहले नेपालको विश्वविद्यालय विहारभन्दा नि गएगुज्रेको भईसकेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए । 

    सम्प्रदायिक सोचबाट माथि उठन जरुरी छ । यो त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र भएको छ । राजनीतिक पार्टीको भागबण्डाको सिकार भएको छ ।

    भ्रष्टाचारको अडा बनेका छन्’ साहले प्रश्न गरे, ‘हरेक पालिकामा उच्च शिक्षा चाहिदैन ? कम्तिमा जिल्लामा त आंगिक कलेज दिनुस् । विश्वविद्यालयहरुको स्तर उठाउनुस् । हामी कुनै बेला सुन्थ्यौं बिहारको शिक्षा खराब छ तर अहिले नेपालको विश्वविद्यालयहरु त्यो भन्दा पनि गएगुज्रेको भयो । मान्छेहरुले यहाँ भविष्य देख्नै छोड्यो । विदेश पलाय बढिरहेको छ त्यसलाई रोक्ने गरी बजेट आउँनुपर्थ्यो ।’

    यस्तै साहले किसानका तराई मधेसमा कोल्ड स्टोर निर्माण हुने गरी बजेट आउँनुपर्नेमा त्यस्तो नभएको टिप्पणी गरेका छन् । ‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्’ साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २९ २०८१०६:४४:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend