पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन् ।
मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्। दुवै नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन् ।
गुरुङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अघि मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए ।
उनलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका देवकोटाले विश्वास मत दिएका थिए ।
विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ । गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री बनेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।