काठमाडौँ - जारी आइसीसी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् ।आज पहिलो खेल समुह सी मा रहेका पीएनजी र युगाण्डाबीच हुने छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले अ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।
त्यस्तै आज दोस्रो खेल समुह बी मा रहेका अस्ट्रेलिया र ओमानबीच हुने छ । वार्बाडोसस्थित किंग्सटेन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि हुने छ । यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ । यो अस्ट्रेलिया र ओमानले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट हो ।
त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।