सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देउवालाई मोदीको जवाफ– फरक सम्बन्धलाई अझ सुदृढ गर्दै जानेछौँ

देउवालाई मोदीको जवाफ– फरक सम्बन्धलाई अझ सुदृढ गर्दै जानेछौँ

  • मिडिया डबली
  • बुधवार, जेठ २३ २०८१

  • 3.7K
    SHARES

  • देउवालाई मोदीको जवाफ– फरक सम्बन्धलाई अझ सुदृढ गर्दै जानेछौँ

    काठमाडौँ- भारतका कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको बधाईको जवाफ फकाउँदै धन्यवाद व्यक्त गरेका छन् । मोदीले बुधवार सामाजिक सञ्जाल एक्समार्फत नेपाल र भारतको सम्बन्ध फरक रहेको बताएका छन् ।

    ‘धन्यवाद शेरबहादुर देउवा, हामी भारत र नेपालबीचको युनिक रिलेसनलाई अझ सुदृढ गर्दै जानेछौँ,’ उनले लेखेका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भारतीय जनता पार्टी (भाजपा) सम्मिलित एनडीए गठबन्धनबाट भारतमा फेरि मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने भएपछि बुधवार बिहान बधाई दिएका थिए ।

    लोकसभा चुनावमा मोदीको भाजपा सम्मिलित गठबन्धनले लगातार तेस्रोपटक पनि सरकार बनाउने भएपछि देउवाले नेपालका परम मित्र भन्दै उनले मोदीलाई बधाई दिएका हुन् ।

    देउवाले एक्समा लेख्दै मोदीको नेतृत्व, समर्पण र दृष्टिले भारतको उज्वल भविष्यलाई प्रेरणा र आकार दिने विश्वास व्यक्त गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २३ २०८११०:५५:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend