काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।
भारतमा निर्वाचन सम्पन्न भई अन्तिम परिणामसमेत सार्वजनिक भएपछि दुई देशका प्रधानमन्त्रीबीच वार्ता भएको हो। निर्वाचन परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा सबैभन्दा ठूलो दल बनेको छ भने भाजपा नेतृत्वको गठबन्धन एनडीएको सरकार निरन्तर रहने लगभग निश्चित भएको छ।
सरकारको भावी नेतृत्वका लागि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले मोदीलाई शुभकामना दिएका थिए भने मोदीले न्यानो शुभकामनाका लागि धन्यवाद ज्ञापन गरेका थिए।
वार्तापछि मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुन: पुष्टि गर्यौं र हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्न सहमत भयौं।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।